परिचय


नेपालको संविधान जारी भए पछि गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले
दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने
क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको निर्णयअनुसार भौतिक पूर्वाधार विकास
मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी मनाङ जिल्लामा स्थापना भएको यस पूर्वाधार
विकास कार्यालय, मनाङ विधिवत रुपमा मिति २०७७/०४/०१ गतेदेखि संचालनमा आएको हो । मनाङ जिल्ला  भित्रका
४ स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल, झोलुङ्गे पुल,
भवन निर्माण  तथा मर्मत र जनता आवाश कार्यक्रम आदि सम्वन्धी कार्य गर्ने गर्दछ ।  पूर्वाधार विकास कार्यालय,
मनाङ चामे गाउँपालिका-४, नयावजारमा रहेको छ ।